ताजा अपडेट »
परराष्ट्रमन्त्रीकाे भारत भ्रमण

परराष्ट्रमन्त्री डा.राणा तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच शिष्टाचार भेटवार्ता

सोमबार, ०३ भदौ २०८१, २२ : ३०
24 Shares
सोमबार, ०३ भदौ २०८१
24 Shares

काठमाडौँ  ।भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।उनले सोमबार बेलुकी उनले नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गरेकी हुन् । उक्त अवसरमा ‘द्विपक्षीय सहकार्यलाई बलियो बनाउने विषयमा छलफल’ भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

GVWwxStXIAAzjA5

उक्त शिष्टाचार भेटमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री राणासहित भारतका लागि नेपालका कार्यवाहाक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिष्टर काउन्सिलर द्रौपदा सापकोटाकाे  उपस्थिती थियाे ।उक्त शिष्टाचार भेटमा भारतको तर्फबाट  प्रधामन्त्रि नरेन्द्र मोदीसहित विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव थिए । 

उक्त शिष्टाचार भेटकै क्रममा परराष्ट्रमन्त्री डा. राणाले  नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणा पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ हस्तान्तरण समेत गरेकी छिन्।  राणाले सोमबार दिउँसो समकक्षी विदेशमन्त्री एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।