ताजा अपडेट »

परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता

सोमबार, ०३ भदौ २०८१, १३ : ४९
62 Shares
सोमबार, ०३ भदौ २०८१
62 Shares

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपी भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्बजनिक हुन बाँकी नै छ । विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा राणासँगको तस्वीर सार्बजनिक गर्दै भारतमा स्वागत गरेका छन् ।    

परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने बताइएको छ । 

मन्त्री बनेपछि राणाको पहिलो विदेश भ्रमण हो । उनी आगामी विहिबार स्वदेश फर्कने तालिका छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।