ताजा अपडेट »

साफ यू-२० च्याम्पियनसिपः आज भारत र भुटान भिड्दै

सोमबार, ०३ भदौ २०८१, ०८ : ४५
36 Shares
सोमबार, ०३ भदौ २०८१
36 Shares

बुटवल । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज सोमबार भारत र भुटान भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। 

समूह बी मा रहेको भारत र भुटानले खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछन्। यी टोलीसँगै समू बी मा मालदिभ्स पनि छ। आइतबार भएको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपको सुरुवात गरेको छ।

समूह ए मा नेपाल र श्रीलंकासँगै बंगलादेश छ। समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।