ताजा अपडेट »
कला/मनाेरञ्जन

मलेसिया र मध्यपूर्वमा ‘रावायण’काे प्रदर्शन अधिकार महँगो मुल्यमा बिक्री

सोमबार, ०३ भदौ २०८१, ०७ : ४०
50 Shares
सोमबार, ०३ भदौ २०८१
50 Shares

काठमाडौँ । भदौ २१ गते रिलिज गरीने चलिचत्र ‘रावायण’ को विदेश प्रदर्शन अधिकार बिक्री सुरू भएको छ। चलिचत्रको मध्यपूर्व र मलेसियाअधिकार महंगो मूल्यमा बिक्री भएको निर्माण पक्षकाे दाबी छ। निर्माण पक्षका अनुसार साथीभाइ इन्टरटेनमेन्टले मध्यपूर्व र मलेसिया अधिकार किनेको हो। तर  निर्माण पक्षले भने  के कति मूल्यमा चलिचत्र पर्दशन अधिकार बिक्री भएको हो भन्ने खुलाएको छैन। 

पछिल्लोपटक सार्वजनिक चलिचत्रको शीर्ष गीतले सिनेमावृत्तमा राम्रो हाइप बनाएको छ। चलिचत्रको पोस्टर र टिजरले पनि दर्शकमाझ कौतुहलता जगाएकोले महंगो रकममा चलिचत्र किनेको साथीभाइ इन्टरटेनमेन्टले जनाएको छ। सुदर्शन थापा प्रोडक्सन र पुजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको यस चलिचत्रकी निर्माता पुजा शर्मा हुन्।

चलिचत्रमा सुशन पाठक कार्यकारी निर्माता रहेका छन्।  चलिचत्रमा पूजास शर्मा सहित पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठ लगाएतकाे अभिनय रहेकाे छ।

शिवम अधिकारीको लेखन रहेको चलिचत्रमा सुदर्शन थापाले कथा लेखेका छन। प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत रहेकाे यस चलिचत्रमा  नकासा अजिज, कुनाल गान्जावाला र सोनु कक्कडको स्वर रहेकाे छ ।

यस्तै चलिचत्रमा डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको  ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, तथा नविन पुरीको प्रोडक्सन डिजाइन छ।

चलिचत्रको वितरण आरआर फिल्मस्ले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।