ताजा अपडेट »

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

आइतबार, ०२ भदौ २०८१, १७ : १२
60 Shares
आइतबार, ०२ भदौ २०८१
60 Shares

काठमाडौँ । नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ ।

आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।नेपालको जितमा खेलको २४औं मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ । अब नेपालले समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।