ताजा अपडेट »

नेप्सेमा ३४ अंकको गिरावट

आइतबार, ०२ भदौ २०८१, १५ : ३२
54 Shares
आइतबार, ०२ भदौ २०८१
54 Shares

काठमाडौं । आइतबार नेप्से ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा बन्द भएको छ । आज ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर ३ लाख ९१८  पटक खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७  हजार ३७६ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स ६.६५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले  घटेको छ ।आइतबार ४७ स्टकको मूल्य बढेको छ भने १९७  स्टकको मूल्य घटेको छ । आज कारोबारको आधारमा सबै भन्दा बढी हिमालय रिइन्सुरेन्सको ८२ करोड १४ लाख ८१ हजार १३५ कारोबार भएको छ । 
  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।