ताजा अपडेट »

रुपाकोट रुपन्देही सम्पर्क समाज गठन

आइतबार, ०२ भदौ २०८१, १५ : १६
102 Shares
आइतबार, ०२ भदौ २०८१
102 Shares

बुटवल । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका साविकको रुपाकोट गाविसमा जन्म भइ हाल रुपन्देही जिल्लाको विभिन्न क्षेत्रमा बसोबास गर्ने रुपाकोट वासीहरुको भेलाले रुपाकोट रुपन्देही सम्पर्क समाज गठन गरेको हो । 
नवगठित समाजको अध्यक्षमा मुरारी राज भण्डारी, उपाध्यक्षमा लक्ष्मण थापा, सचिवमा शंकर पोडेल, सह(सचिवमा प्रकाश भन्डारी, कोषाध्यक्षमा राम बहादुर न्यौपाने, सह(कोषाध्यक्षमाा श्रीराम प्रसाद पौडेललाई चयन गरेको छ ।

यसैगरी समाजको सदस्यहरुमा प्रविन भन्डारी, उपेन्द्र न्यौपाने, लक्ष्मी अर्याल भन्डारी, बिमला पान्डेय, रमा भन्डारि, लक्ष्मी थापा कार्की , नवराज भन्डारी, दिपक पान्डे, जगन्नाथ पोख्रेल, ज्ञान बहादुर थापा, रामु भन्डारी, मुकुन्द भन्डारी र लक्ष्मण न्यौपाने चयन भएका छन् । 

नवगठित समजको पहिलो बैठकले समजको भावी कार्ययोजना, रुपाकोटमा अवस्थित देवस्थलहरु दमुका शिवालय, राम मन्दिर, देउराली देवि, छत्रको थान, पाखलचौर त्रिपुरेश्वर शिवालय, चिउरिका सिध्दबाबा मन्दिर तथा अन्य पुरातात्विक स्थलको प्रचारप्रसार गर्ने, रुपाकोटमा भैपरी आउने कुनैपनी अवस्थाका घटनाहरुलाइ सहयोग गर्न मध्यस्थ कर्ताको भूमिका निर्वाह गर्ने, रुपाकोट रुपन्देही भजन मन्डली निर्माण गरि लोक भजन संस्कृतिको जगेर्ना गर्ने, रुपाकोटको बिकासको निम्ति आफ्नाआफ्ना क्षेत्रबाट आवाज बुलन्द बनाएर समन्वयकारी भूमिका निर्वाह गर्ने जस्ता विविध विषयमा रहेर काम गर्ने निणर्य गरेको समाजका उपाध्यक्ष लक्ष्मण थापाले जानकारी दिए ।  यस्तै भेलाले आगामी भाद्र ८ गते रुपाकोट रुपन्देही सम्पर्क समाजको तीज समारोह गर्ने निणर्य समेत गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।