ताजा अपडेट »

१० अर्ब रकमको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड कार्यान्वयनमा ल्याउने तयारी

आइतबार, ०२ भदौ २०८१, १४ : ०१
60 Shares
आइतबार, ०२ भदौ २०८१
60 Shares

काठमाडौं । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा। बद्री केसी, संस्थापक अध्यक्ष डा।उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भयो । सो अवसरमा २०८१ साल भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रकृया पूरा गर्ने सहमति भएको छ । 

नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो । एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।