ताजा अपडेट »

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

आइतबार, ०२ भदौ २०८१, १४ : ०१
20 Shares
आइतबार, ०२ भदौ २०८१
20 Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ घर भएका ४१ वर्षीय बद्री पौडेल समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।