ताजा अपडेट »

स्त्री-२ को बक्स अफिसमा बम्पर कमाई

आइतबार, ०२ भदौ २०८१, १२ : ३५
18 Shares
आइतबार, ०२ भदौ २०८१
18 Shares

काठमाडौं । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको तेस्रो दिन शनिबार मात्र ४५ करोड ७० लाख कमाई गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म १४५.८० करोड कमाई गरिसकेको छ । 

फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड कमाएको थियो । आइतबार र सोमबार पनि बिदा भएकाले फिल्म सोमबारपछि ३०० करोडको नजिक पुग्ने अनुमान गरिएको छ ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ । अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।