ताजा अपडेट »

बंगलादेशका राहात मन्त्रालयका पुर्व सचिव पक्राउ

आइतबार, ०२ भदौ २०८१, ११ : ४३
20 Shares
आइतबार, ०२ भदौ २०८१
20 Shares

ढाका। महानगरीय प्रहरीले विपद् व्यवस्थापन तथा राहत मन्त्रालयका पूर्व वरिष्ठ सचिव शाह कमललाई पक्राउ गरेको छ । डिएमपीको जासुसी शाखाको अपरेशनमा शनिबार राति उनलाई महाकाली क्षेत्रबाट पक्राउ गरिएको हो । ढाका महानगरीय प्रहरी ९डीएमपी० को जनसम्पर्क तथा मिडिया विंगका अतिरिक्त उपायुक्त एम ओबैदुर रहमानले पुष्टि गरेका छन् ।

यसअघि शुक्रबार डिएमपीले छापा मारेर मोहम्मदपुरको बाबर रोडमा रहेको शाह कमलको घरबाट स्वदेशी तथा विदेशी मुद्रासहित करिब ३ करोड ११ लाख रुपैयाँ नगद बरामद गरेको थियो । पूर्वसचिव शाह कमलको घरबाट ३सी बरामद पूर्वसचिव शाह कमलको घरबाट ३सी बरामद भएको छ । 

बरामद भएको ३ करोड ११ लाख रुपैयाँमध्ये ३ करोड १ लाख नगद, ७४ हजार ४ सय रुपैयाँ इनामपत्र र १० करोड ३ लाख विभिन्न विदेशी मुद्रामा रहेको छ । पूर्वसचिव शाह कमलले अवैध रुपमा कमाएको पैसा घरमै राखेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

शाह कमलले २०१५ देखि २०१९ सम्म सचिव र २०१९ देखि २०२० सम्म वरिष्ठ सचिवको जिम्मेवारी सम्हालेका थिए । सरकार परिवर्तनपछि उनी लुकेर बसेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।