ताजा अपडेट »

एक्सले ब्राजिलमा बन्द गर्यो आफ्नो कार्यालय

आइतबार, ०२ भदौ २०८१, १० : २७
52 Shares
आइतबार, ०२ भदौ २०८१
52 Shares

काठमाडौं । सोसल मिडिया प्लेटफर्म एक्सले ब्राजिलमा तत्कालदेखि लागु हुने गरि आफ्नो सञ्चालन बन्द गर्ने घोषणा गरेको छ ।  ब्राजिलमा रहेका आफ्ना कानुनी प्रतिनिधिलाई सेन्सरशिप आदेशहरूको पालना नगरेमा पक्राउ गर्ने धम्की दिएको आरोप लगाउदै एक्सले ब्राजिलमा आफ्नो अप्रेशन बन्द गर्ने घोषणा गरको जनाएको छ ।

ब्राजिलमा अहिले अदालतको आदेशपछि एक्समाथि प्रतिबन्ध लगाइएको छ भने निजी जानकारी सरकारलाई दिनुपर्ने शर्त अगाडी सारिएको छ । ब्राजिलमा आफ्नो कार्यालय बन्द रहेपनि ब्राजिलका जनताका लागि एक्स भने उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।