ताजा अपडेट »
द भ्वाइस किड्स सिजन ३

'द भ्वाइस किड्स' सिजन–३ को उपाधि प्रमाेदकी अनुया तामाङलाई

आइतबार, ०२ भदौ २०८१, ०८ : १०
48 Shares
आइतबार, ०२ भदौ २०८१
48 Shares

काठमाडौं । गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोदकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन । विजेता बनेसँगै उनले ट्रफीसहित नगद १० लाख रुपैयाँ समेत जितेकी छिन्।यो शोको यसअघिकाे सिजनमा पनि काेच प्रमोदको टिमबाटनै विजेता बनेका थिए।

फिनालेमा कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा, कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ तथा कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले प्रतिस्पर्धा गरेका थिए । 

वात्साल्य न्याचुरल आइभीएले मुख्य प्रायोजन गरेकाे 'द भ्वाइस किड्स' सिजन ३मा ६ देखि १४ वर्ष भित्रका बालबालिका सहभागीभएका थिए । यसपटक झण्डै १७ हजार बालप्रतिभा शोको डिजिटल अडिसनमा सहभागी थिए। त्यसबाट विभिन्न चरण पार गर्दै फिनाले सम्पन्न भएको हो। 

दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो । भोटिङ लाइन शनिबार बेलुका ७ बजेसम्म खुला थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।