ताजा अपडेट »

रुपन्देहीको भैरहवामा धेरै भारी वर्षा, तिलोत्तमामा १०६ मिलिमिटर

आइतबार, ०२ भदौ २०८१, ०७ : ५८
1.22K Shares
आइतबार, ०२ भदौ २०८१
1.22K Shares

बुटवल । रूपन्देहीमा पछिल्लोचौबीसघन्टामा भारी वर्षा मापन भएको छ। बाढी पूर्वानुमान महाशाखाले रूपन्देहीको भैरहवा र लुम्बिनीमा धेरै भारी वर्षा भएको जनाएको छ । 

महाशाखाका अनुसार भैरहवामा १८४ मिलिमिटर र लुम्बिनीमा १५३.६ मिलिमिटर वर्षा मापन भएको छ। यसैगरी तिलोत्तमा पनि १०६ मिलिमिटर वर्षा भएको छ। दाङको लालमतियामा ११६ मिलिमिटर, दैलेखमा ११०.२ मिलिमिटर, गोरखाको आरूघाटमा १०८.८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०–१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षा भनिन्छ।

गुल्मी, अर्घाखाँची, प्युठान, बाँके, बर्दिया, स्याङ्जा, रौतहट, पर्सा, सिन्धुली, खोटाङ लगायत जिल्लाका विभिन्न स्थानहरूमा पनिचौबीसघन्टामा भारी वर्षा भएको छ। आइतबार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा र राति मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।