ताजा अपडेट »
अन्तराष्टिय चलचित्र अवार्ड

‘द रेड सुटकेस’ले पायाे ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’ अवार्ड

शनिबार, ०१ भदौ २०८१, २१ : ४६
54 Shares
शनिबार, ०१ भदौ २०८१
54 Shares

काठमाडौं । चलचित्र ‘द रेड सुटकेस’ले अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न ‘इन्डियन फिल्म फेस्टिभल इन मेलबर्न’मा बेस्ट फिल्मको अवार्ड जितेको छ ।  शुक्रबार सम्पन्न फेस्टिभलमा ‘द रेड सुटकेस’ले ‘बेस्ट फिल्म अफ द सबकन्टिनेन्ट’ अवार्ड जितेको हो । आफ्नो सिनेमाले अवार्ड जितेकोमा निर्माता रामकृष्ण पोखरेलले सम्पूर्ण निर्माण टिमप्रति आभार व्यक्त गरेका छन् । 

“यो अवार्ड समग्र नेपाली सिनेमाकर्मी र नेपालीको उपलब्धी हो,” उनले  भने, “यसले हाम्रा सिनेमा पनि कमजोर छैनन् भन्ने पुष्टि गरेको छ । यो खुसी म र मेरो टिम सम्पूर्णमा साझा गर्न चाहन्छु ।”  फिडेल देवकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडालगायत कलाकारकाे मुख्य भूमिका छ । 

रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापा निर्माता रहेको चलचित्र नेपालमा गत चैत ३० गते रिलिज भएको थियो । भेनिस सिनेमा महोत्सवमा प्रिमियर भएको सिनेमा ‘द रेड सुटकेस’ले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन समेत प्राप्त गरेको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।