ताजा अपडेट »

नेकपा एमालेको वीरकोटमा प्रशिक्षण सम्पन्न

शनिबार, ०१ भदौ २०८१, २० : ३९
92 Shares
शनिबार, ०१ भदौ २०८१
92 Shares

पाल्पा । नेकपा एमाले पूर्वखोला गाउँ कमिटी वडा नम्बर ५ वीरकोट, पाल्पाले आफ्ना सदस्यहरुका लागि एक दिवसीय पार्टी प्रशिक्षण शनिवार सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा पार्टी स्कूल विभाग, लुम्बिनी प्रदेशका उपप्रमुख दलबहादुर गुरुङले पार्टी कखरा सम्बन्धि प्रशिक्षण दिएका थिए । उनले कम्युनिस्ट  पार्टीको स्थापना, नेकपा एमालेको विचार, सिद्धान्त, कार्यदिशा, कार्यक्रम कार्ययोजना र नेता एवम् नेतृत्व विषयमा सहजीकरण गरेका थिए । 

त्यसैगरी नेकपा एमाले,पाल्पा जिल्ला अध्यक्ष ओमबहादुर घर्तिमगरले पार्टीको मार्गदर्शन सिद्धान्त,दर्शनशास्त्र र पार्टी एवम् नेता,कार्यकर्ताबीचको सम्बन्ध कस्तो हुनुपर्ने विषयमा सहजीकरण गरेका थिए । त्यसैगरी पार्टी प्रदेश कमिटी सदस्य नारायणी शर्माले नेपालमा रहेका पार्टीहरुबीचका चरित्र र भिन्नता विषयमा प्रशिक्षण दिएकी थिईन् । 

त्यसैगरी पूर्वखोला गाउँपालिका अध्यक्ष एवम् गाउँ कमिटी ईन्चार्ज नुनबहादुर थापाले स्थानीय सरकार र पार्टीबीच समन्वय गरि अघि बढ्दै गएको बताए । साथै उनले पार्टीलाई जनमुखी बनाउँदै लैजान कार्यकर्तासँग अनुरोध गरेका छन् । पार्टी प्रशिक्षणले नेता,कार्यकर्तालाई कटिबद्ध रहन उत्प्रेरित गर्ने समेत उनले बताए । 

प्रशिक्षण कार्यक्रममा गाउँ कमिटी अध्यक्ष रवीन्द्र पंगेनी,यामप्रसाद श्रेष्ठ,यमबहादुर सारुले प्रशिक्षणका सन्दर्भमा आ(आफ्ना विचार राखेका थिए । प्रशिक्षणको अध्यक्षता कृष्णकुमार श्रेष्ठले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।