ताजा अपडेट »

स्याङजा (गल्याङ)– रुपन्देही समाजद्वारा आश्रममा भोजन

शनिबार, ०१ भदौ २०८१, २० : ०१
218 Shares
शनिबार, ०१ भदौ २०८१
218 Shares

बुटवल । स्याङजा (गल्याङ) –रुपन्देही सम्पर्क समाजले मानवसेवा आश्राम तिलोत्तमा ६ मा एक दिने भोजन कार्यक्रम सम्पन गरेको छ । सेवानै धर्म हो भन्ने उद्देश्यसहित स्याङजा जिल्ला गल्याङ नगरपालीकाबाट रुपन्देहीमा बसोबास गर्ने मानिसहरुबिच गठन भएको सम्पर्क समाजले पहिलो कार्यक्रम मानवीय सेवाबाट सुरु गरेको हो ।

एक दिने खाना खुवाउने कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष जनक कुमार श्रेष्ठले संस्थाको  काम जन्मथलोबाट रोजगारी अध्यनको क्रममा रुपन्देही जिल्लाका विभिन्न ठाउँहरुमा बसोबास गर्ने मानिसहरुलाई एकीकृत गर्दै जाने र उनीहरुको लागि साथ र सहयोगमा हौसला प्रदान गर्ने रहेको बताएका थिए ।

अध्यक्ष श्रेष्ठले भने संस्थाहरुले वृद्ध, अशाय र असक्त परिवारबिहीनहरुको एक छाक खाना खुवाउने कार्यक्रमबाट  सेवा सुरु गरेको  बताएका थिए । समाजका वरिष्ठ उपाध्यक्ष एस पी खडका (शुनिल)ले समाज स्थापना भएसँगै गल्याङ बाट बसाईसराई गरेर रुपन्देही आसपास बसोबास गर्ने मानिसहरुमा उत्साह जगाएको् बताएका थिए । उनले समाजलाई मानवीय सेवामा सर्मपण गर्दै अगाडी लैजाने समेत प्रतिवद्धता जनाएका थिए ।

मानव सेवा आश्रम तिलोत्तमा–६ का संयोजक बिष्णु भुजेलले आश्रममा रहेका असक्तहरुलाई सहयोग गरेकोमा धन्यवाद दिइन । साथै  आगामी दिनहरुमा निरन्तर सहयोग हुनेमा आफु विश्वस्त रहेको बताएकी थिईन । समाजका सचिव पिताम्बर अर्यालले समाजले आगामी दिनमा पनि रचनात्मक काम गर्ने जनाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।