ताजा अपडेट »

चीनीया स्मार्टफोन निर्माता रियलमिले ल्यायो साढे चार मिनटमै फुल चार्ज गराउने चार्जर

शनिबार, ०१ भदौ २०८१, १६ : ५१
56 Shares
शनिबार, ०१ भदौ २०८१
56 Shares

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता  रियलमिले साढे चार मिनटमै फुल चार्ज गराउने चार्जर चार्जर ल्याएकाे छ । रियलमीले आफ्नो सुपरसोनिक चार्जिङ प्रविधि चीनमा आयोजित B2B फ्यान फेस्टिभलमा प्रस्तुत गरेको छ। ३२० वाटको सुपरसोनिक चार्जरको डेमोमा कम्पनीले ४,४२० एमएएच ब्याट्री भएको स्मार्टफोनलाई ४ मिनेट ३० सेकेण्डमा पूर्ण चार्ज गर्न सक्ने बताएको छ ।

याे चार्जरले उही समयमा, फोनलाई ० देखि ५० प्रतिशतसम्म चार्ज गर्न १ मिनेट २६ सेकेन्ड मात्र लागेको थियो। चिनियाँ ब्राण्डको यो चार्जरमा क्वाड सेल ब्याट्री सुविधा रहेको छ । यो चार्जरले एकै पटकमा चारवटा ब्याट्री चार्ज गर्न सक्छ।  गत वर्ष रियलमिले २४० वाट चार्जिङ सहितको फोन घोषणा गरेको थियो । त्यस वर्ष त्यो नै सबैभन्दा फास्ट चार्जर थियो । रियलमीले त्यतिमै नरोकिएर अहिले ३२० वाटको फास्ट चार्जर घोषणा गरेको हाृे ।

रियलमिको यो सुपरफास्ट चार्जर कम्पनीको आगामी फ्ल्यागशिप स्मार्टफोन Realme GT 7 Pro मा दिन सक्ने बुझिएको छ । यसअघि कम्पनीका ग्लोबल मार्केटिङ डाइरेक्टर फ्रान्सिस वोङले एक भिडियो अन्तर्वार्तामा ब्रान्डले 300W फास्ट चार्जिङ प्रविधिमा काम गरिरहेको पुष्टि गरेका थिए। यस 320W चार्जिङ टेक्नोलोजी भन्दा पहिले पनि, चिनियाँ ब्रान्डले 65W, 150W र 240W चार्जिङ सुविधाहरू सहितको चार्जिङ प्रविधि प्रदर्शन गरिसकेको छ।

रियलमिले ल्याउन लागेको  चार्जरले जम्मा चार मिनेट ३० सेकेन्डमै फोनलाई शून्यदेखि १०० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ । तपाईंको जानकारीका लागि भनिहालौं गत वर्ष कम्पनीको २४० वाट चार्जरले फोनलाई साढे नौ मिनेटमा फुल चार्ज गरेको थियो । तर, पछि रियलमी जीटी थ्रीमा भने सो २४० वाटको चार्जले १५ मिनेटमा फोन फुल चार्ज गरेको थियो ।

अहिलेको ३२० वाटको फास्ट चार्जले साढे चार मिनेटमै फोन फुल चार्ज गर्ने दाबी कम्पनीले गरेको भए पनि वास्तविक प्रयोगमा आउँदा केही मिनेट थपिने विश्लेषण गरिएको छ । किनभने अहिलेसम्म यस चार्जरले कति क्षमताको ब्याट्री फुल चार्ज गर्न साढे चार मिनेट लाग्छ भन्ने कम्पनीले खुलाएको छैन । रियलमीले चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म विबोमा पोस्ट गरेको भिडिओमा कम्पनीका हेड अफ प्रडक्ट मार्केटिङले डेमो देखाएका छन् । सो डेमोमा फास्ट चार्जिङ सपोर्टका लागि फोनको ब्याट्री कसरी डिजाइन गरिएको छ भन्ने देखाइएको छ ।

त्यसबाहेक फास्ट चार्जिङ गर्दा त्यसमा उत्पन्न हुने ताप न्यूनीकरणका लागि कम्पनीले के कस्तो तरिका अपनाएको छ भन्ने देखाइएको छ । यसलाई कम्पनीले अल्ट्रा फास्ट र अल्ट्रा सेफ चार्जिङ भएको दाबी गरेको छ । सोही भिडिओमा फोन साढे चार मिनेटमा फुल चार्ज भएको देखाइएको छ । 

कम्पनीका अनुसार यस चार्जरको सहायताले ५० प्रतिशत चार्ज दुई मिनेटभन्दा पनि कम समयमा गर्न सकिन्छ । खासगरी कतै हतार हुँदा फोन छोटो समयमा बढी चार्ज गर्नुपर्ने बाध्यता आइलाग्छ । त्यस्तोमा यो चार्जर उपयुक्त हुने बताइएको छ । 

फास्ट चार्ज हुँदा त्यसले ब्याट्रीलाई असर गर्छ वा गर्दैन, समय अनुसार ब्याट्री खराब हुन कति समय लाग्छ, समयसँगै ब्याट्री चार्ज हुने गति घट्छ वा घट्दैन यी प्रश्नको उत्तर कम्पनीले दिएको छैन । यो चार्जर रियलमीको कुन फोनमा उपलब्ध हुन्छ भन्ने पनि खुलेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।