ताजा अपडेट »

न्यु लाइट फुटसल टुनामेन्टकाे उपाधी बिबिएस दोस्रो वर्षलाई

शनिबार, ०१ भदौ २०८१, १३ : २६
204 Shares
शनिबार, ०१ भदौ २०८१
204 Shares

बुटवल । तिलाेत्तमा १ रूपन्देहीमा अबस्थित न्यु लाइट कलेज वि.वि.एस प्रथम वर्षमा अध्ययनरत  विद्यार्थीहरूकाे आयाेजनामा सञ्चालन गरिएको दुई दिने फुटसल टुनामेन्टकाे उपाधी बिबिएस दोस्रो  वर्षले जितेको  छ ।

मोनाालिसा  फुटसल मैदान जानकी नगरमा कक्षा १२ व्यवस्थापन र बिबिएस दोस्रो  वर्षका  बिचमा  भएको  फाइनल खेलमा बिबिएस दोस्रो  वर्षको  समूह ६- १ गोल अन्तरले विजयी भएको छ।  
शुक्रबार एक समारोहका बिच उद्घाटन भएको खेलमा १० टिम सहभागी  भएका थिए । प्रतिक ढकालकाे अध्यक्षता र सुधा खरालको सञ्चालन भएको समापन समारोहमा कार्यक्रममा  प्रमुख अतिथि कलेज प्रमुख रमेश ज्ञवालि तथा शैक्षिक संयाेजक राजेन्द्र कुवंर, अतिरिक्त त्रियाकलाप प्रमुख खेमराज खनाल, व्यवस्थापन संयोजक विरेन्द राना लगायतले पुरस्कार  वितरण  गर्नु भएको थियो । 

 च्याम्पियन  टिमले नगद ६००० र सिल्ड  , मेडल तथा प्रमाण पत्र  प्राप्त  गरेका थिए भने उपविजेता  टिमले नगद ३००० मेडल तथा प्रमाण पत्र प्राप्त  गरेका  थिए । फुटसल प्रतियोगितामा हाइ स्कोरर सोनु खत्री , उत्कृष्ट  गोलकिपर समुद्र  भण्डारी  र म्यान अफ द म्याच किरण  सारु भएका थिए।

 २०६० सालमा खुलेको यस कलेजमा कक्षा ११ र १२ मा व्यवस्थापन  र शिक्षा संकाय तथा स्नातक  तहमा व्यवस्थापन  र शिक्षा  शास्त्रको अध्ययन , अध्यापन हुने गर्दछ। करिब  १००० भन्दा बढी विद्यार्थीले अध्ययन गर्ने न्यु लाइट कलेजमा त्रिभुवन विश्वविद्यालयबाट सम्बधन प्राप्त चार बर्षे  बिबिएस तथा बिएड पहिलो वर्षमा भर्ना खुलेकोले समयमै आई भर्ना हुन कलेजका शैक्षिक  संयोजक  राजेन्द्र  कुँवरले  आग्रह गरे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।