ताजा अपडेट »
ट्रेलर रिलिज

चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक, भदौ १४ गतेदेखि प्रदर्शन हुने (भिडियाे)

शनिबार, ०१ भदौ २०८१, ०० : ५४
20 Shares
शनिबार, ०१ भदौ २०८१
20 Shares

काठमाडौं । भदौ १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित समारोहमा लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । मिलन चाम्स निर्देशित चलचित्रमा जानुका थापाको लगानी छ । अमित रिजाल कार्यकारी निर्माता रहेको चलचित्रलाई एलआरके प्रोडक्सनको प्रस्तुतिमा तयार पारिएको हो ।

सुदीप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्धाजको पटकथा, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत रहेकाे छ ।चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टि खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय रहेकाे छ ।

ट्रेलरमा विशेषगरि आँचल र विवेक बिचको रोमान्स, लभ, धोका देखाइएको छ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै अभिनेता किरण केसीले आफूले काम गरेका १०० भन्दा बढी फिल्ममध्ये यो एक/दुई नम्बरमा पर्ने बताए ।निर्देशक चाम्सले पनि फिल्म दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । डेब्यु अभिनेता कर्माचार्यले फिल्मका लागि निकै मिहिनेत गरेको भन्दै सबै खालको भूमिका निर्वाह गर्न सहज लागेको तर्क गरे ।

अभिनेत्री शर्माले यो फिल्म दर्शकलाई विशेष खुराक हुने बताइन् । ट्रेलरमा उच्च क्यानभास देखाइएको छ । नेपाल र रोमानियाको लोकेसनमा खिचिएको फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।