ताजा अपडेट »
टिजर सार्वजनिक

विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक (भिडियाे)

शुक्रबार, ३२ साउन २०८१, २३ : ५९
64 Shares
शुक्रबार, ३२ साउन २०८१
64 Shares

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार १ मिनेट २१ सेकेन्डकाे  एक्सन प्याक्ड टिजर रिलिज गरेको हो। असोज २४ गते अर्थात्  दशैंको फूलपातिबाट प्रदर्शनको तयारी रहेको याे चलचित्रकाे टिजर अभिनेता विराज भट्टको भ्वाइस ओभरबाट सुरु भएको छ। १ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई फुल एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

गाउँको पृष्ठभूमिमा कथा भनिएको यस फिल्मको सार्वजनिक टिजरमा फिल्मका अधिकांश मुख्य कलाकारलाई स्थान दिइएको छ। योद्धाको रुपमा देखिएका समीरको टिजरमा संवाद समावेश गरिएको छैन् । यो उनको डेव्यु चलचित्र हो।

भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीरले पहिलो चलचित्रबाट नै आफुलाई एक्सन हिरोको रुपमा चिनाउने प्रयासमा देखिएका छन्। नेपाली चलचित्र इतिहासकै उच्च स्तरीय एक्सन ले भरीएकाे ‘१२ गाउँ’ दर्शकले हेर्न पाउने दाबी निर्देशक भट्टकाे रहेकाे छ।

यहि चलचित्रबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन्। चलचित्रमा विराज भट्ट, समीरभट्ट, न्यान्सी खड्का र सनिशा भट्टराईका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सनकाे प्रस्तुतीमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । यो चलचित्रलाई निर्देशक विराज भट्ट स्वंयमको कथा र सन्तोष सरकारको पटकथा एवं संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बनेकाे यस चलचित्रका लागि विराजले दक्षिण भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन्। तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्। महेश पौडेलकाे छायांकन रहेको चलचित्रको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।