ताजा अपडेट »
गीत रिलीज

‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत रिलिज, फिल्म असोज १७ गतेबाट प्रदर्शन हुने (भिडियाे)

शुक्रबार, ३२ साउन २०८१, २३ : ३१
30 Shares
शुक्रबार, ३२ साउन २०८१
30 Shares

काठमाडौं । असोज १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत रिलिज भएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको गीत ‘छड्के सलाम’ रिलिज गरिएको छ। विवाहको सेटअपमा तयार पारिएको गीतमा फिल्मका मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिमरन खड्का, विजय बराल र बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ।

फिल्मको गीत रिलिज कार्यक्रममा दुईदेखि फिल्म हलमा चलिरहेको टिजर पनि देखाइएको थियो। शुक्रबार सार्वजनिक फिल्मको रत्यौली गीतले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ।  जयन जे वाइवाको संगीत निर्देशन र शब्द रचना रहेको गीतमा कालि प्रसाद बास्कोटा र बबीना किराँतीको स्वर छ।

सार्वजनिक गीतमा प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी हेर्न सकिन्छ। फिल्मको गीत रिलिज कार्यक्रममा निश्चल र स्वस्तिमालाई सफलताको शुभकामना दिन निर्मात माधव वाग्ले, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, संघिय सांसद विनिता कठायत, हास्य कलाकार सुमन कार्की लगायतको उपस्थिती रहेको थियो ।

फिल्ममा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय फिल्म हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।