ताजा अपडेट »

न्यु लाइट कलेजमा फुटसल उद्घाटन

शुक्रबार, ३२ साउन २०८१, १९ : १९
268 Shares
शुक्रबार, ३२ साउन २०८१
268 Shares

बुटवल । तिलाेत्तमा १ रूपन्देहीमा अबस्थित न्यु लाइट कलेज वि.वि.एस प्रथम वर्षमा अध्ययनरत  विद्यार्थीहरूकाे आयाेजनामा सञ्चालन गरिएको दुई दिने फुटसल टुनामेन्टकाे आज शुक्रबार एक समारोहका बिच उद्घाटन भएको छ ।

प्रतिक ढकालकाे अध्यक्षता सञ्चालन भएको कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष धर्मराज पाैड्यालकाे प्रमुख अातिथ्यता, विशिष्ट अतिथि कलेज प्रमुख रमेश ज्ञवालि, शैक्षिक संयाेजक राजेन्द्र कुवंर, अतिरिक्त त्रियाकलाप प्रमुख खेमराज खनाल, संयाेजक विरेन्द राना लगायतकाे उपस्थिति रहेको थियाे ।

जम्मा  आठ समूहको सहभागीता रहेको खेलमा कक्षा १२ फाइनान्स/बिजनेसमा अध्ययनरत चेतन गुरूङकाे समूह र वि.वि.एस द्वितीय वर्षमा अध्ययनरत समुन्द्र  भण्डारीकाे समूह फाइनल चरणमा प्रवेश गरेक छन् । सयाै दर्शकहरूकाे उपस्थिति रहेकाे खेलमा अत्यन्तै  राेचक भएको  आयाेजक मध्येका अरूण घिमिरेले  जानकारी गराउनु भएको छ ।

फाइनल खेल भदौ १ गते शनिवार ठिक ११ बजे सञ्चालन हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।