ताजा अपडेट »

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा कविता लेखन तथा वाचन महोत्सव सम्पन्न

शुक्रबार, ३२ साउन २०८१, १८ : ४९
284 Shares
शुक्रबार, ३२ साउन २०८१
284 Shares

तपाइँको नेपाली शब्दहरू यहाँ जाँच गर्नुहोस् बुटवल । रुपन्देहीको तिलोत्तमा रहेको ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकेडमीमा) नियमित अतिरिक्त कार्यक्रम अन्तरर्गत कविता लेखन तथा वाचन महोत्सव तथा सांस्कृतिक पोशाक प्रदर्शनी भव्य रुपमा सम्पन्न  भएको छ  ।

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीका विभिन्न तहका संयोजक महेन्द्र पौडेल, विजय कार्की र मिना भट्टराईको सभापति त्व र विद्यालयका निर्देशक पुष्पा कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कविता लेखन र वाचन महोत्सवका साथमा विद्यार्थीहरुले विविध साँस्कृतिक  पोशाक प्रदर्शनी, नृत्य  साहित्यिक व्यक्तित्वहरूका बिचमा विद्यालयका  साहित्य अनुरागी विद्यार्थीहरुले छलफल गरेको विद्यालयका प्राचार्य दिलबहादुर  बुढाथोकीले जानकारी दिए ।

Messenger_creation_5f8825e3-87b4-4d84-bc52-b898fe9621e0

'साहित्य समाजको ऐना हो ।  बालबालिका  यसका बिम्ब हुन । यसले विद्यार्थीलाई सृजनशील बनाउँछ । जीवन  बुझाइ सफलताको  बाटो पहिल्याउँछ । यसै कुरालाई मनन गरी यो कविता लेखन तथा वाचन महोत्सव कार्यक्रम आयोजना गरिएको हो' प्राचार्य बुढाथोकीले  भने ।

कविता  महोत्सव कार्यक्रमको पहिलो सत्रमा साँस्कृतिक  पोशाक प्रदर्शनी  , शिक्षक तथा विद्यार्थीले नृत्य  प्रदर्शनी   गरेका थिए भने कक्षा १ देखि ५ सम्मका  विद्यार्थीले कविता वाचन गरेका थिए। अहिलेका बालबालिका साहित्यप्रति विशेष अभिरुचि राख्दछन् । उनीहरुका श्रृजनाको प्रदर्शनी पनि यो महोत्सवको  विशेष आकर्षण रह्यो ।

पठन संस्कृतिप्रति पनि यस विद्यालयका बालबालिका उत्साहित रहेका छन् । स साना विद्यार्थीले आफूले लेखेका  साहित्यिक सृजना समेत उपस्थित साहित्यानुरागी बिचमा वाचन तथा प्रस्तुत  गरे ।

Messenger_creation_359eb8c8-1c75-4fcd-b482-a63a0ab01ecf

कार्यक्रमको दोस्रो  सत्रमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले कविता लेखन तथा वाचन गरेका थिए । नेपाली संस्कृति, कला ,साहित्य, भेषभुषा र परम्पराको जगेर्ना गर्ने उद्देश्य सहित आयोजना भएको कार्यक्रमले विद्यार्थीको गीत , सङ्गीत , कला र लेखनमा निरन्तर  रुपमा लाग्नुको परिणाम रहेको  विद्यालयका संस्थापक प्राचार्य  राजेन्द्र  कुँवरले  बताए।

कक्षा १ देखि १० कक्षा सम्मका विद्यार्थीलाई दुई समूहमा विभाजन गरि गरिएको कविता महोत्सवमा  प्रत्येक  कक्षाबाट छानिएर आएका ६४ जना विद्यार्थीले  महोत्सवमा  आफ्ना कविता  सुनाएका थिए।  महोत्सवमा विद्यालयकी अतिरिक्त  कृयाकलाप प्रमुख रोमा शर्माको संयोजन विद्यार्थी  कृषभ शाही ,अन्जना न्यौपाने, प्रतीक पन्थी  र नितिशाश श्रेष्ठको संचालनमा भएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।