ताजा अपडेट »

रामचन्द्र मैनादेवी आश्रमलाई रोटरी रुपन्देहीले गर्यो सहयोग

शुक्रबार, ३२ साउन २०८१, ११ : ३१
180 Shares
शुक्रबार, ३२ साउन २०८१
180 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा ६ स्थित श्री रामचन्द्र मैनादेवी अनाथ आश्रममा रोटरी क्बल अफ रुपन्देहीले खाद्यन्य तथा स्टेशनरी साम्रगी सहयोग गरेको छ ।  क्बलका डारेक्टर तथा सर्बिस प्रोजेक्ट चेयर ओम प्रकाश श्रेष्ठ जन्म दिनको अवसरमा शुक्रबार  आश्रम परिसरमा विशेष कार्यक्रम खाद्यन्य तथा स्टेशनरी समान हस्तान्तरण गरिएको हो । 

साथै आश्रममा रहेका बालबालिकालाई उपचार गर्न परेमा तिलोत्तमा ५ स्थित गिता मेडिकल हल प्रा.लि. १० देखि २० प्रतिशत छुट दिने गरी आश्रम र मेडिकल बीच सम्झौता समेत भएको छ । अनाथ तथा असहाय महिला कल्याण समाजद्वारा संचालित यस रामचन्द्र मैनादेवी आश्रमले अनाथ तथा असहाय बालबालिकाहरुलाई आश्रममा राखि पढाउँदै आएको छ । 

आश्रममा रहेको अक्षकोषको ब्याज आम्दानी तथा यस्तै सहयोगबाट संस्था चलाएको संस्थाका संरक्षक मैनादेवी भण्डारीले बताइन् । अध्यक्ष प्रमोद पन्थीले रोटरीको नियमति कार्यक्रम अन्तर्गत सहयोग गरेको बताए । कार्यक्रममा पूर्व सदस्य ऋषिराम भण्डारी, सचिव मिलन भण्डारी, कोषाध्यक्ष नारायण गैरे तथा सदस्य अजय सुवेदी, कृष्ण चौधरी, ओमप्रसाद श्रेष्ठ, पुरुषोत्तम शर्मा गैरे लगायतको उपस्थित रहेको थियो ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।