ताजा अपडेट »
नाडा अटो शो-२०२४

नाडा अटो शो-२०२४ मा, १३० स्टल, २४ चारपांग्रे र १९ दुईपांग्रे ब्राण्डको प्रदर्शनी हुदै

शुक्रबार, ३२ साउन २०८१, १० : ३७
30 Shares
शुक्रबार, ३२ साउन २०८१
30 Shares

काठमाडौं । 'नाडा अटो शो-२०२४' मा ७५ हजार मानिसलले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै ६ दिनको अवधिमा ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको जनाएको हाे। यसलाई नेपालको अटोमोबाइल क्षाेत्रकाे सबैभन्दा महत्त्वपूर्ण कार्यक्रमहरू मध्ये एक बनाउने आयोजकको भनाइ छ। अटाे शोमा सहभागी मध्ये एक जनाले लक्की ड्र बाट हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन्  ।

नाडा अटो शो २०२४ समितिका कार्यवाहक संयोजक अनुपकुमार बरालले जारी गरेको विज्ञप्तिमा नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीलाई, नाडा अटो शोले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उल्लेख छ ।

455052586_1233599034760308_8131139365098098460_n

प्रदर्शनीलाई चार पांग्रे, दुई पांग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ। यस वर्षको प्रदर्शनीमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दुई पांग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् ।

साथै, ३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने छन् । अटाे शाेान ७ वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् भने शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ ।  नाडा अटाे शाेमा  १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गरीने छन्।

नाडा अटो शो ११ भदौदेखि १६ भदौ (अगस्ट २७ देखि सेप्टेम्बर १) सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुदैछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।