ताजा अपडेट »
उद्यमी सम्मान

बुटवलका यूवा उद्यमी थैव एशिया नं वान ब्राण्ड एण्ड लिडरसिप एक्सिलेन्स अवार्डबाट सम्मानित हुदै

शुक्रबार, ३२ साउन २०८१, ०९ : ४८
184 Shares
शुक्रबार, ३२ साउन २०८१
184 Shares

बुटवल । बुटवलका यूवा उद्यमी तथा आवास ग्रुपका प्रवन्ध निर्देशक महेश थैव एशिया नं वान ब्राण्ड एण्ड लिडरसिप एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित हुने भएका छन। उनलाइ औद्योगिक उत्पादन तथा उद्यमशीलताको माध्यमबाट रोजगारी श्रृजनामा उल्लेखनीय योगदान पुर्याएको भन्दै  ब्राण्ड अफ वल्र्ड रिसर्च काग्रेस (लण्डन) ले  एशिया नं वान ब्राण्ड एण्ड लिडरसिप एक्सिलेन्स अवार्ड २०२४ प्रदान गर्न  लागेकाे हाे ।

ब्राण्ड अफ वल्र्ड रिसर्च काग्रेस (लण्डन) ले  संस्थाले गरेकाे गुणस्तरीय उत्पादन, समाजमा रोजगारीको श्रृजना, सरकारलाई दिने कर र अन्य राजस्व लगायतका बिषयमा अध्ययन गरेर पुरस्कृत गर्ने गर्दछ।

औद्योगिक उत्पादन तथा ब्यापारका विभिन्न पक्षहरुको उत्कृष्टता, उद्यम र उद्यमशिलता बाट देशको आर्थिक विकासमा प्रभावशाली योगदान गरि आर्थिक वृद्धिमा महत्वपूर्ण टेवा पुर्याएको भन्दै उक्त संस्थाले यस वर्ष थैवलाई सम्मान गर्न लागेको हो।

नेपालकाे औद्योगिक विकासमा टेवाका दिनुका साथै सामाजिक उत्तरदायित्व बहन गरेवापत अन्तराष्ट्रिय सम्मान प्रदान गरिएको भनेर ब्राण्ड अफ वल्र्ड रिसर्च काग्रेस (लण्डन) ले आफुलाई औपचारिक जानकारी दिएको थैवले बताएका छन। 

केही महिना अघि देखि हाम्राे आवास ग्रुपका उद्योग तथा व्यवसायको बारेमा उक्त संस्थाले अध्ययन गरि रहेको रहेछ उनीहरूले हामीलाई केही चेकलिष्ट सहितका प्रश्नावलीहरू पठाएर सोधेका थिए र हामीले भरेर पनि पठाएका थियाे अहिले अवार्ड प्रदान गर्ने निर्णय भएको जानकारी आएको छ– थैवले भने। 

आरयुएलए अवार्ड, वल्र्ड रिसर्च काग्रेस (डब्लुआरसि) र इन्टरनेश्नल वार्ड काउन्सिल तथा अन्य धेरै अन्तराष्ट्रिय कमिटि र काउन्सिलमा आवद्ध रहेको यो एशिया न. १0अवार्ड वितरण भने  २३ डिसेम्बरमा २०२४ मलेसियामा २० बढी देशका अतिथिहरूको उपस्थितिमा प्रदान हुने छ। आवास ग्रुप यस अघि नेपाल सरकारबाट नगद पुरस्कार सहित सम्मानित समेत भइसकेको छ।

आवास ग्रुपले पछिल्लाे समय  चिनिया ब्राण्डका फर्निचरहरूलाई बिस्थापित गर्ने गरी आवास आल्मुनियम एण्ड स्टिल फर्निचर मार्फत अफिस तथा विद्यालयका लागि अन्तर्राष्ट्रिय स्तरका अत्याधुनिक फर्निचरहरू उत्पादन गर्दै आएको छ। अावास ग्रुपमा  एभरेष्ट फुड एण्ड बेभरेज इन्डष्ट्रिज, मयुर स्टिल  इन्डष्ट्रिज,  लिडर टेप्स एण्ड भल्भ इन्डष्ट्रिज, मिराज इन्डष्ट्रिज प्रालि, शुभ लक्ष्मी पोलिमर इन्डष्ट्रिज, लक्ष्मी स्टिल इन्डष्ट्रिज, नेशनल रबर इन्डष्ट्रिज, ज्याकोर इन्डष्ट्रिज, सन फिटिङ प्रालि, आकृति स्टिल इन्डष्ट्रिज लगायत, डुङ्गारी  गार्मेन्ट उध्याेग, आवास साडी, आवास मार्वल लगाएत एक दर्जन भन्दा बढी उद्योग व्यवसायहरु मार्फत २ हजार  बढीलाई  स्वदेशमै इमान्दारी प्र्दान गरेकाे छ। 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।