ताजा अपडेट »
भक्तपुर सवारी दुर्घटना

भक्तपुरको गट्ठाघरमा हिजाे सवारी दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालक महिला नभै पुरुष भएकाे पुष्टि

शुक्रबार, ३२ साउन २०८१, ०७ : ३२
234 Shares
शुक्रबार, ३२ साउन २०८१
234 Shares

काठमाडौं ।  बिहीबार दिउँसो भक्तपुरको गट्ठाघरमा  भएको सवारी दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको खुलेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले विज्ञप्ति जारी गरेर स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि गरेका हुन्। यसअघि दोलखाको मेलुङ गाउँपालिका ४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर दुर्घटनामा ज्यान गुमाउने आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो।

तर उनले गलत जानकारी दिएको खुलेपछि प्रहरीले सनाखतको लागि थप प्रयास गरेको थियो।  दुघर्मृटनाका मृतक झण्डै ४०/४५ वर्षको पुरुष भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ। तर, उनको सनाखत भने हुन हाल सम्सम सनाखत हुन सकेको छैन। 

‘साउन ३१ गते १ः ४० बजेको समयमा ठिमी नगरपालिका ३ गठ्ठाघरमा काठमाडौँबाट भक्तपुरतर्फ जादै गरेको ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अन्दाजी ४०-४५ वर्षको पुरुषको मृत्यु भएकोमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिइ प्रारम्भिक अनुसन्धान कार्य गरी लाश पोस्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौँ लगिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

दुर्घटनामा ट्रकले स्कुटर चालकलाइ कुल्चदा शव क्षतविक्षत भएकाले दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला हो कि पुरुष हो यकिन गर्नै प्रहरीलाई गाह्राे परेको हो। शम्भु नेपालीले दुर्घटनामा आफ्नी बहिनीको मृत्यु भएको जानकारी गराएपछि प्रहरीले सुरुमा साेही विवरण सार्वजनिक गरेको थियो। 

आफ्नो मृत्यु भएको समाचार सार्वजनिक भएसंगै ती युवती भने प्रहरीको सम्पर्कमा आएकी थिइन्।  स्कुटरलाई ठक्कर दिने  ट्रक चालक  सर्लाही मलंगवा नगरपालिका–२ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ रहेको खुलेको छ। उनी आफैँ प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा राखेको छ। 

5dbda7d1-d6db-4fd3-93c7-d229391b369b_80SZQNZU5Z

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।