ताजा अपडेट »
रेमिट कम्पनि मर्जर

आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल

शुक्रबार, ३२ साउन २०८१, ०५ : ५०
72 Shares
शुक्रबार, ३२ साउन २०८१
72 Shares

काठमाडौं ।  आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिवाकर पौडेल नियुक्त भएका छन् । आइएमई रेमिट्यान्स तथा जीएमई रेमिट्यान्सको मर्जरबाट स्थापित आइएमई लिमिटेडको सीईओमा भेञ्चर हायर पर्चेजका सञ्चालक पौडेल नियुक्त भएका हुन् ।दुई रेमिट कम्पनी एकापसमा मर्ज भएर आइएमई लिमिटेडको नामबाट बुधबारदेखि एकीकृत कारोबार शुरु भएको हो । 

आइएमई र जीएमई रेमिट एक भई एकीकृत कारोबार सुरु भएसँगै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले कार्यभार पनि सम्हालेका हुन् । जीएमई रेमिटको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका पौडेलको रेमिटेन्स क्षेत्रमा २५ वर्षको अनुभव छ । आइएमईको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै पौडेलले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिटेन्स सेवा प्रदान गर्न थप योगदान दिने बताए ।

उनले रेमिटेन्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउँदै डिजिटल रुपान्तरणलाइ तीव्रताका साथ अगाडी बढाउने बताउदै डिजिटल रेमिटेन्सको अवधारणालाई मुख्य प्राथमिकतामा राखेको र डिजिटल रेमिटेन्स तर्फको रुपान्तरणले आइएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने पनि  प्रतिबद्धता गरे ।

‘रेमिटेन्स कम्पनीहरूको कार्यक्षेत्र विस्तारमा पहल गर्ने तथा रेमिटेन्स रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी राष्ट्रिय आम्दानी बढाउँदै रोजगारी सृजनामा योगदान दिनकालनगि तत्पर छु,’ प्रमुख कार्यकारी अधिकृत पौडेलले भने ।
 

 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।