ताजा अपडेट »

नेपाली र हिन्दी भाषामा निर्माण भएको चलचित्र ‘देववाणी’को प्रदर्शन मिति तय

शुक्रबार, ३२ साउन २०८१, ०८ : १५
30 Shares
शुक्रबार, ३२ साउन २०८१
30 Shares

काठमाडौं । नेपाली र हिन्दी भाषामा निर्माण भएको चलचित्र ‘देववाणी’को प्रदर्शन मिति तय गरीएको छ । चलचित्र युनिटले बिहीबार चलचित्रका पोस्टर सार्वजनिक  गर्दै मंसिर ७ गतेलाई रिलिज डेटको रुपमा घोषणा गरेका हुन् । पोस्टरमा शीर्ष कलाकार कुन्दन भारद्वाज र अनुजा लेप्चा लाइ देखाइएकाे छ । उनीहरुलाई रोमान्टिक भावमा देखिन्छन ।  बाबुसाहेब बलामीले निर्देशन चलचित्रकाे गरेका हुन ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय रहेकाे छ ।

सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको चलचित्रमा नीराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत रहेकाेछ । मीना खड्का र हीराबहादुर लेप्चाचलचित्रका निर्माता रहेका छन् । चलचित्रका कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।