ताजा अपडेट »
यूराेपमा कमेडी

युरोपका विभिन्न देशमा रहेका नेपाली माझ कमेडी कार्यक्रम 'अब हाँस्छ युरोप' हुदै

पहिलाे कार्यक्रम पाेल्यान्डबाट सुरू हने

शुक्रबार, ३२ साउन २०८१, ०० : ५७
46 Shares
शुक्रबार, ३२ साउन २०८१
46 Shares

कठमाण्डौं । चर्चित हास्य रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट  उदाएका यूवा हास्य कलाकारहरू भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले युरोपका विभिन्न देशमा रहेका नेपालीलाई हँसाउने भएका छन्। मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सको संयुक्त आयोजनामा उनिहरूले ‘अब हाँस्छ युरोप’ कार्यक्रम मार्फत यूराेपका बिभिन्न मुलुकमा रहेका नेपाली माझ आफ्ना प्रस्तुति दिनेछन् ।

आयोजकका अनुसार कलाकारको युरोपमा हँसाउने यात्रा अगस्ट ३१ तारिखदेखि पोल्यान्डको तेस्रो ठूलो सहर उचबाट सुरू हुनेछ । पोल्यान्डमा हुने कार्यक्रमको व्यवस्थापन एनआरएनए क्षेत्रीय समिति उचले गर्नेछ। उचस्थित होटल रुबिनमा साँझ ७ बजेबाट कार्यक्रम  हुने कार्यक्रमको संयोजन गरिरहेका एनआरएनए आइसीसी सदस्यसमेत रहेका पोल्यान्डका नेपाली व्यवसायी भीमबहादुर खड्काले बताएका  छन।

खड्काका अनुसार पोल्यान्डमा रहेका नेपाली कलाकारको समेत प्रस्तुति रहने यस कार्यक्रममा ५ सय बढीको उपस्थिति रहने अपेक्षागरीएकाे छ। एक महिना बढी चल्ने युरोप यात्राका लागि पोल्यान्ड, बेल्जियम, फिनल्यान्ड, माल्टा, स्पेन, पोर्चुगल, नर्वे, डेनमार्क लगायतका १ दर्जनभन्दा बढी स्थानमा कार्यक्रमको आयोजना हुनेछ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।