ताजा अपडेट »

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूत सिफारिस

शुक्रबार, ३२ साउन २०८१, ०० : ११
150 Shares
शुक्रबार, ३२ साउन २०८१
150 Shares

कमठमाण्डौं । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई सरकारले बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो । 

यसअघि सरकारले बेल्जियम खाली राखेर अन्य देशमा मात्र राजदूतहरू सिफारिस गरेको थियो। बेल्जियमको ब्रसेल्समा युरोपेली आयोगको मुख्यालय रहेकाले पनि यहाँको जिम्मेवारीलाई महत्त्वपूर्ण मानिन्छ। लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन्। उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव समेत हुन्।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।