ताजा अपडेट »
गट्ठाघर दुर्घटनामा  अपडेट

गट्ठाघर दुर्घटनामा परेर ज्यान गुमाउने युवती सुष्मा नभएको पुष्टि, दाजुलेनै प्रहरीलाई  दिए गलत सूचना

विहीबार, ३१ साउन २०८१, २३ : ३७
208 Shares
विहीबार, ३१ साउन २०८१
208 Shares

कमठमाण्डौं । भक्तपुरको गट्ठाघर दुर्घटनामा परी ज्यान गुमाएकी भनिएकी युवती सुष्मा नभएर अर्कै रहेको पुष्टि भएको छ। यसअघि दोलखाको मेलुङ गाउँपालिका ४ का एक युवकले प्रहरी कार्यालयमा पुगेर आफ्नी बहिनी सुष्मा नेपाली भएको जानकारी गराएका थिए।

दाजु नै प्रहरी कार्यालयमा पुगेर जानकारी गराए पछि प्रशासनले  पनि यही नाम बाहिर ल्याएको थियो। तर ति यूवकले गलत जानकारी दिएको र यसअघि पनि उनले पटक पटक आफ्नी बहिनीको मृत्यु भएको भनेर जानकारी गराएकाे खुलेको छ।

आफ्नो मृत्यु भएको भनेर  समाचार आएकाे थाहा पाएसंगै ती युवती  सम्पर्कमा आएको मेलुङ ४ का वडाध्यक्ष सोमबहादुर बम्जनले बताएकाछन। बम्जनले भने 'मृत्यु भएकी भनिएकी बहिनी बिबाह गरेर चितवनमा रहेकी छिन्। उनी जीवितै रहेको भन्दै उनकाे परिवार सम्पर्कमा आइसके। उसको दाइले प्रहरी कार्यालयमा गलत सूचना दिएका रहेछन्।

आफूहरूलाई गलत सूचना दिएको र मृतकको शवबाट सनाखत हुन सक्ने अवस्था समेत नरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताएकी छन। उनका अनुसार प्रहरीले मृतकको पहिचान गर्ने प्रयास गरिरहेको छ।दुर्घटनामा परेको स्कुटरको ब्ल्युबुक भने ओखलढुंगाका उत्तम सिलवालको नाममा रहेको पाइएको छ। यस्तै दुर्घटना स्थलमा रमेश न्यौपानेको नाममा ट्राफिक प्रहरीले  काटेको चिट पनि फेला परेको छ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले पनि यसअघि पहिचान भएको भनिएको व्यक्ति साेही ब्यक्ति नभएको सूचना प्राप्त भएसँगै मृतकको सनाखत गर्ने प्रयास भइरहेको बताए।  परिवारकै सदस्यले सनाखत गरिसकेपछि हामीलाई होला भन्ने लाग्यो। पुष्टि गर्ने अरू प्रमाण पनि थिएन, उनले भने ।

 प्रहरीले अन्य कागजातका आधारमा सनाखत गर्ने प्रयास गरीरहेकाे बताएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।