ताजा अपडेट »

बेचन झाविरुद्धको मुद्दामा आज थुनछेक बहस हुँदै, धरौटीमा छुट्लान् कि थुनामा जालान् ?

विहीबार, ३१ साउन २०८१, ११ : ३२
38 Shares
विहीबार, ३१ साउन २०८१
38 Shares

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्धको मुद्दामा आज थुनछेक बहस हुँदै छ । झाउपर लागेका आरोपमाथि आजबाट सुरु हुने थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने बताइएको छ ।

प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौँमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको बताएका छन् । नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने गिरोहमालसंलग्नता देखिएको भन्दै बेचन पक्राउ परेका थिए । उक्त प्रकरणमा पक्राउ परेका धापासीका रामशरण केसीले बेचनले मन्त्रिपरिषद्बाट निर्णय गराउनका निम्ति २ करोड मागेको र आफूले चेक पनि दिएको बयानमा भनेका थिए । सोही आधारमा उनलाई पक्राउ गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।