ताजा अपडेट »

कोलकत्तामा डाक्टरमाथि बलात्कार प्रकरण : सामुहिक बलात्कारपछि हत्याको दाबी

विहीबार, ३१ साउन २०८१, ०८ : २८
68 Shares
विहीबार, ३१ साउन २०८१
68 Shares

कोलकोत्ता । कोलकाताको ट्रेनी डाक्टरको बलात्कार र हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । अखिल भारतीय सरकारी चिकित्सक संघका अतिरिक्त सचिव डा‍‍. सुवर्णा गोस्वामीले पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै यो बलात्कार नभएर सामूहिक बलात्कार हुन सक्ने बताएकी छिन् ।

प्रशिक्षार्थी चिकित्सकको प्राइभेट पार्टबाट १५१ एमजी वीर्य भेटिएको बताउँदै उनले यो दावी गरेकी हुन् । ‘कुनै पनि व्यक्तिसँग यति धेरै मात्रामा बिर्य हुन सक्दैन्, बलात्कारको घटनामा एकभन्दा बढी व्यक्ति संलग्न हुन सक्ने सम्भावना छ ।’

प्रशिक्षार्थी डाक्टरको शव अर्धनग्न अवस्थामा फेला परेको थियो  । गत अगस्ट ९ मा आरजी कार मेडिकल कलेज तथा अस्पतालको सेमिनार हलमा प्रशिक्षार्थी चिकित्सकको अर्धनग्न शव फेला परेको थियो । डाक्टरको गोप्य भाग, आँखा र मुखबाट रगत बगिरहेको थियो । पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । जसका कारण भारतभरीमा चिकित्सकहरुले निरन्तर बिरोध प्रदर्शन गरिरहेका छन । 

उता, मेडिकल कलेजका आवासीय चिकित्सकहरुले अस्पताल प्रशासनले प्रमाणमा छेडछाड गरेको आरोप लगाएका छन् । उनीहरुभिडियो शेयर गर्दै भनेका छन कि – ‘सेमिनार हलबाट २० मिटर टाढा रहेको चेस्ट विभागको कार्यालयमा तोडफोड भइरहेको छ । प्रहरीको अगाडि नै मर्मतसम्भारको नाममा प्रमाणहरु तोडफोड भइरहेको छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।