ताजा अपडेट »

भारतीय खेलाडी फोगाटको अपिलमा अदालतकाे अस्विकार, नपाउने नै भईन ओलम्पिक पदक

विहीबार, ३१ साउन २०८१, ०७ : ५७
44 Shares
विहीबार, ३१ साउन २०८१
44 Shares

नयाँदिल्ली । विनेश फोगाटले पेरिस ओलम्पिकमा रजत पदक नपाउने भएकी छिन । विश्व खेलकुदको मध्यस्थता अदालतले बुधबार अगस्टमा उनको अपील अस्वीकार गरेको जनाएको छ । 

फोगाट फाइनलअघि नै तौलका कारण अयोग्य घोषित भएको घोषणा गरिदिएपछि उनले खेलकुद अदालतमा याचिका दायर गरेकी थिइन । तर, उनको मुद्धाको सुनवाई १६ अगस्तमा फैसला हुने भनिए पनि उनको अपिल अगस्ट १४ गते नै खारेज गरिएको हो  । यो निर्णयपछि भारतीय ओलम्पिक कमिटीकी अध्यक्ष पीटी उषाले असन्तुष्टि जनाएकी छन् ।

विनेशले महिला ५० केजी तौल समूहमा लगातार ३ खेल जितेर फाइनलमा स्थान बनाएकी थिइन् । फाइनल अगस्ट ८ मा हुने तय भएपनि खेलअघि नै ओलम्पिक कमिटीले विनेशको तौल १०० ग्राम ५० केजीभन्दा बढी भएकाले उनलाई अयोग्य घोषित गरे पछि उनी अदालत पुगेकी थिइन ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।