ताजा अपडेट »

राष्ट्रिय सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले उत्तर टेबुल गर्ने

विहीबार, ३१ साउन २०८१, ०७ : ५१
38 Shares
विहीबार, ३१ साउन २०८१
38 Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्दैँछ, सो  बैठक दिउँसो सवा १ बजेका लागि बोलाईएको छ ।

आजको बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।