ताजा अपडेट »
प्रिपेडमा राेमिङ

टेलिकमका सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु

बुधबार, ३० साउन २०८१, २३ : ३१
200 Shares
बुधबार, ३० साउन २०८१
200 Shares

काठमाडौं । नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको छ। कम्पनीले साउन ३० गते  बुधबार देखि लागू हुनेगरी आफ्ना सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः सुचारु गरेकोहाे । टेलिकमले बुधबार एउटा सार्वजनिक सूचना प्रकाशन गरी यस प्रकारको सेवा सुचारु गर्न लागेको भन्दै आफ्नो मोबाइलमा सो सेवा सुचारु भए/नभएको यकिन गर्न *1415*7# डायल गरेर चेक गर्न पनि सबैलाई आग्रह गरेको छ।

यसबाहेक भारतमा रोमिङ उपभोग गर्नका लागि *1415*7# डायल गर्न या NT App प्रयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ।

के हो अन्तर्राष्ट्रिय रोमिङ सेवा?

अन्तर्राष्ट्रिय रोमिङ एउटा मोबाइल सेवा हो जसमार्फत् प्रयोगकर्ताले आफ्नो मोबाइल नेटवर्कको सेवा अन्य देशहरूमा पनि प्रयोग गर्न सक्दछन्। रोमिङ सेवा लिनुभएको छ भने तपाईं आफ्नो देश बाहिर यात्रा गर्दा तपाईंको मोबाइल नेटवर्कले तपाईंलाई अन्य देशको नेटवर्कसँग जोडिदिन्छ, जसको माध्यमबाट तपाईं कल गर्न, म्यासेज पठाउन, र इन्टरनेट चलाउन सक्नुहुन्छ।
 
यस सेवाका लागि अतिरिक्त शुल्क लाग्न सक्छ। उक्त शुल्क विभिन्न देशहरू र नेटवर्कका आधारमा फरक हुन सक्छ। रोमिङ सेवा सुरु गर्नका लागि तआफ्नो मोबाइल सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्ने हुन्छ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।