ताजा अपडेट »

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई अन्तरिम जमानत दिन सुप्रिम काेर्ट द्वारा अस्वीकार

बुधबार, ३० साउन २०८१, २२ : ४२
42 Shares
बुधबार, ३० साउन २०८१
42 Shares

दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिन अस्वीकार गरेको छ। दिल्लीको मदिरा नीतिमा घोटालासँग सम्बन्धित मुद्दामा मार्च २१ मा उनलाई ईडीले पक्राउ गरेको थियो। अब यस मुद्दामा अर्को सुनुवाइ अगस्ट २३ मा हुने भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्च अदालतले यस मामिलामा सीबीआईलाई पनि नोटिस जारी गरेको छ।

केजरीवालका तर्फबाट उपस्थित वरिष्ठ वकिल अभिषेक मनु सिंघवीलाई न्यायधिश सूर्यकान्त र उज्वल भुयनको इजलासले भन्यो, ‘हामी अन्तरिम जमानत दिइरहेका छैनौँ। हामी नोटिस जारी गर्नेछौँ।’ यो नोटिस केजरीवालको जेल सजायलाई कायम राख्ने दिल्ली उच्च अदालतको आदेशलाई चुनौती दिने याचिकाको सन्दर्भमा जारी गरिएको हो।

अब सीबीआईले अगस्ट २३ सम्ममा सर्वोच्च अदालतमा जवाफ पेस गर्नुपर्नेछ।  उनलाई  जेलमा रहँदा भ्रष्टाचार मुद्दामा सीबीआईले पनि पक्राउ गरेको हो। 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।