ताजा अपडेट »

बेचन झाविरुद्ध मुद्दा दर्ता

बुधबार, ३० साउन २०८१, १४ : ०६
58 Shares
बुधबार, ३० साउन २०८१
58 Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दर्ता भएको छ ।

सरकारी वकिल कार्यालयले झा पक्राउ परेको डेढ महिनापछि मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । 

झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो । 

झा पक्राउ परेसँगै उच्चस्तरका राजनीतिक नेक्सस पत्ता लाग्ने प्रहरी अधिकारीहरुको दाबी गरेपनि अहिले दायर गरिएको मुद्दाको प्रतिवेदनअनुसार झाको बयानमा थप व्यक्तिको संलग्नता पुष्टि नभएको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।