ताजा अपडेट »

सर्पले डसेर झारफूकमा लाग्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

बुधबार, ३० साउन २०८१, ०९ : ५७
1.90K Shares
बुधबार, ३० साउन २०८१
1.90K Shares

घोराही । साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ । गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले  बताए । 

साँपले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।