ताजा अपडेट »

मानसिक स्वास्थ तथा लागू औषध दुव्र्यसन नियन्त्रण  सम्बन्धि ज्ञान अभिवृद्धि कायर्क्रम सम्पन्न

बुधबार, ३० साउन २०८१, ०८ : ४१
44 Shares
बुधबार, ३० साउन २०८१
44 Shares

बुटवल । बुटवलको नहरपुर स्थित नहरपुर माध्यमिक विद्यालयमा  सोमबार मानसिक स्वास्थ तथा लागू औषध दुव्र्यसन नियन्त्रण  सम्बन्धि ज्ञान अभिवृद्धि गर्ने कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ भलबारीको आयोजनामा,लायन्स क्लब अफ भलवारी  र रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालको सहकार्यमा  विद्यालयमा अध्यन गर्ने कक्षा ११/१२ का विद्यार्थीहरुलाई लक्षित गरि Mental Health and Drug Awarness नामक कार्यक्रम  गरिएको हो ।

कार्यक्रममा विद्यार्थीका मानसिक समस्या पहिचान गर्नुका साथै दुर्व्यसनी बनिसकेका विद्यार्थीहरुलाई यसबाट मुक्त  गराउने उद्देश्यले एसोसिएट प्रोफेसर  तथा कन्सल्टेन्ट साइक्रयाटिक, ई.ई.जी स्पेशलिस्ट डाक्टर बिक्रम काफ्ले र मनोविद् यशोधा बगालेले  प्रशिक्षण गरेका थिए ।

कार्यक्रमका  प्रमुख अतिथि लियो डिस्ट्रिक ३२५ पि नेपाल डिस्ट्रिक अध्यक्ष लियो श्रद्धा कुवरले अहिले हरेक मानिस मानसिक समस्याबाट ग्रसित भएकोले सबैले यसतर्फ गम्भीर भएर सोच्ने अवस्था आएको बताइन् । उनले भनिन" अहिले हामी निकै विषम परिस्थितिमा छौं, यसको असर विद्यार्थीमा उत्तिकै छ, विद्यार्थीलाई समयमै सचेत नराखे अबको  युवा पुस्ता देशको लागि योगदान दिने गरि काम गर्दैनन्, त्यस कारण आज आयोजना गरेको कार्यक्रम निकै सराहनीय छ ।

कार्यक्रममा लियो क्लब अफ भलिबारीकी अध्यक्ष सामना के.सी ले  कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णामा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीको चाहना र आवश्यकताकै कारण कार्यक्रम सम्पन्न भएको उल्लेख गरिन । उलने आगामी  दिनमा पनि विद्यार्थीको जागरूकताका लागि यस्ता कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाइन ।

लियो क्लब अफ भलवारी आफ्नो  विद्यालयमा आई कार्यक्रम गरेकोमा क्लबलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि क्लबसँग सहकार्य गर्न  तयार रहेकाे विद्यालयले जनाएकाे छ ।  

"विद्यालयमा आयोजना गरिएको कार्यक्रमले आफुहरुलाई निकै उत्साहित बनाएकाे बताउदैआगामी दिनहरूमा दुर्व्यसनबाट बच्न तथा मानसिक तनावहरूबाट मुक्त हुन प्रेरणा मिलेकाे कार्यक्रममा सहभागी एक विद्यार्थीले बताए ।

कार्यक्रममा लियो एवम् लायन्स क्लबका पदाधिकारी, शिक्षक प्रतिनिधी, कर्मचारी तथा विद्यार्थीहरूगरी १०० जना बढिकाे उपस्थिति रहेको लियो अमित कुमार गौडेलले बताए । लायन्स क्लब अफ भलवारीको आर्थिक सहयोगमा आयोजना भएको उक्त कार्यक्रम लियो क्लब अफ भलवारीका सचिव मधु पौडेलले सञ्चालन गरेका थिए भने कार्यक्रमकाे संयोजन लियो अप्सरा कुँवरले गरेकी थिइन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।