ताजा अपडेट »

भलाई कोष र सिद्धार्थ उद्योग बाणिज्य संघ बीच सम्झौता

बुधबार, ३० साउन २०८१, ०८ : २६
62 Shares
बुधबार, ३० साउन २०८१
62 Shares

बुटवल । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवल र सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवा बिच द्विपक्षीय सम्झौता भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघमा आवद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारी साधनहरु भलाई कोषमा आवद्ध गराउने गरी द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौतामा दुवै संस्थाका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघले आफ्ना व्यवसायीका सवारी साधन कोषमा दर्ता भएर सञ्चालन गर्ने सम्झौता गरेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेले जानकारी दिए । सम्झौतामा निजी तथा भाडामा चल्ने सवारी साधनका अतिरिक्त सिद्धार्थ उद्योग बाणिज्य संघमा आवद्ध व्यवसायीका मोटरसाईकल तथा स्कुटरहरु समेत कोषमा नियमानुसार शुल्क बुझाई आवद्ध गर्ने उल्लेख छ । सम्झौतामा २०८१ कात्तिक ३० सम्म कोषले आवद्धता निःशुल्क गरिदिने उल्लेख छ ।

त्यसैगरी कोषमा मासिक शुल्क बुझाउने व्यवसायीलाई २०० रुपियाँ छुट प्रदान गर्ने गरी सम्झौता भएको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै सवारी साधन बाटोमा दुर्घटना भई जीवित क्षति तथा तेस्रो पक्षको निर्जिव क्षतिको सम्पूर्ण लगानी कोषले गर्ने छ । आफ्नो गाडीको व्यापक बीमा भएको अवस्थामा दुर्घटनाको कारण क्षति भएमा लागेको खर्चमा कोषले ५० प्रतिशत व्यहोर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै दुर्घटना भई चालकलाई हिरासतमुक्त गर्दा लाग्ने खर्च पनि भलाई कोषले व्यहोर्ने छ । 

त्यस्तै मोटरसाईकल र स्कूटर दुर्घटना हुँदा २ जनासम्मको उपचार खर्च रकम १५ लाख रुपियाँ कोषले लगानी गर्ने सम्झौता पनि भएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।