ताजा अपडेट »

एमाले सुदूरपश्चिम प्रमुख सचेतकमा चक्रबहादुर मल्ल

मंगलबार, २९ साउन २०८१, १७ : १५
60 Shares
मंगलबार, २९ साउन २०८१
60 Shares

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्रबहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन्। मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्र बहादुर पाल र सचेतकमा निर्मला देवी साउद रहेका थिए। पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउद सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।