ताजा अपडेट »

बुटवलमा स्कुटर अनियन्त्रित भई पल्टिँदा गुल्मीका शिशिरको मृत्यु

मंगलबार, २९ साउन २०८१, १५ : ३३
7.71K Shares
मंगलबार, २९ साउन २०८१
7.71K Shares

बुटवल । बुटवलमा स्कुटर अनियन्त्रित भई पल्टिदाँ एक जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ बेलबास बस्ने गुल्मी मदाने गाउँपालिका ६ घर भएका १९ वर्षीय शिशिर कुँवर रहेको प्रहरीले जनाएको छ । 

सोमबार राति बुटवल उपमहानगरपालिका ७ दिपनगरस्थित सडकमा कमलपोखरीबाट सोमबारे बजारतर्फ जाँदै गरेको लु ९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरका चालक समेत रहेका । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।