ताजा अपडेट »

बुटवलको अमरपथ बजार डुबानमा

मंगलबार, २९ साउन २०८१, १४ : ५४
3.68K Shares
मंगलबार, २९ साउन २०८१
3.68K Shares

बुटवल । कही समयको वर्षाले बुटवलको मुख्य बजार अमरपथ क्षेत्र डुबानमा परेको छ । मँगलबार दिउँसो केहीबेरको वर्षाले बुटवल उपमहानगरपालिका ५ अमरपथ क्षेत्र जलमग्न बनेको हो । 

बजार क्षेत्र डुबानमा परेपछि त्यसबाट भएको क्षति बारे बारे तथ्याङ्क संकलनको काम भइरहेको बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले जानकारी दिए । लग्मीनगर क्षेत्रबाट आएको भल नालीमा जान नसकेपछि अमरपथ, हाटबजार क्षेत्र जलमग्न भएको हो । स्थानीयले नालीमा चेकजाँच तथा सफाई गरेपछि भने डुबानको सतह घटेको छ ।

लेदोसहितको बाढी बजारमा पस्दा आवागमन समेत प्रभावित बनेको छ । उपमहानगरले वर्षा लागेसँगै पानीको निकासका लागि पूर्व तयारी नगर्दा पसलहरुमा पानी पसेको व्यावसायीहरुको गुनासो छ । टेलिकमदेखि अमरपथका मुख्य बजारका अधिकांश पसलहरुमा पानी पसेको छ । बुटवलमा केही समय पहिले पनि आएको पानीले डुबानमा परेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।