ताजा अपडेट »

प्रस्तावित १८ राजदूत विरुद्ध १० दिन भित्र उजुरी दिईसक्नु पर्ने

मंगलबार, २९ साउन २०८१, १४ : १३
70 Shares
मंगलबार, २९ साउन २०८१
70 Shares

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि प्रस्तावित राजदूत विरुद्ध उजुरी दिन आह्वान गरेको छ । मंगलबार बसेको सुनवाई समितिका बैठकले १८ जना प्रस्तावित राजदूत बिरुद्द उजुरी दिन आब्हान गर्ने निर्णय गरेको हो ।

आजको बैठकको निर्णय अनुसार समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिए । उनका अनुसार भोलिको गोरखापत्र दैनिकमा उजुरी आब्हान सहितको सूचना आउने र संसद् सचिवालयले पनि सूचना राख्ने पनि जानकारी दिए । उनका अनुसार संसद सचिवालयमा स्वयंम उपस्थित भएर वा अन्य माध्यमवाट उजुरी दिन सकिने जानकारी दिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।