ताजा अपडेट »

अन्ततः रास्वपा सांसदलाई सभामुखले बोल्न दिए, बिद्युत महशुलबारे रास्वपाले उठायो प्रश्न

मंगलबार, २९ साउन २०८१, १४ : १०
46 Shares
मंगलबार, २९ साउन २०८१
46 Shares

काठमाडौं । प्रतिनिधिसभाको सभामुख देवराज घिमिरेले अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न दिएका छन् ।सभामुख घिमिरेले आकस्मिक समयमा एउटै बिषय मात्रै बोल्नु पाउनु पर्ने नियम भएको भन्दै थप बोल्न नदिए पछि रास्वपाले उठेर बिरोध जनाएको थियो । त्यसमा प्रतिपक्ष कित्तामा रहेको राप्रपाले पनि रास्वपालाई समर्थन जनाएको थियो ।

अन्ततः लामो रस्साकस्सी पछि सभामुख घिमिरेले सांसद ढकाललाई बोल्ने मौका दिएका थिए । ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले बिधुत महशुल बक्यौताका बारेमा धारणा राखेका थिए । ‘प्रधानमन्त्रीज्युले जसरी बिद्युत नकाटन भन्दै जुन निर्देशन दिनु भएको थियो, त्यसरी नै बिधुत महशुल उठाउन पनि निर्देशन दिनु परयो’ उनले भने । 

बिद्युत प्राधिकरणले २२ अर्ब मध्ये १६ अर्ब छुट दिएको उल्लेख गर्दै अहिले ६ अर्बमा सिमित पारिएको भन्दै त्यसमा छानबिन गर्नु पर्ने माग पनि रास्वपाले राखेको छ । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।