ताजा अपडेट »

गर्लफ्रेन्डलाई आईफोन १५ उपहार दिन कक्षा ९का किशाेरले आमाकै गहना चाेरे

मंगलबार, २९ साउन २०८१, ०८ : ००
86 Shares
फिचर फाेटाेः इटिभी भारत
मंगलबार, २९ साउन २०८१
86 Shares

एजेन्सी । गर्लफ्रेण्डलाई जन्मदिनको अवसरमा आइफोन १५ उपहार दिन एक किशोरले आमाको सुन चाेरेकाे घटना बाहिरिएको छ । भारतीए राजधानी दिल्लीको नजफगड भन्ने स्यथानमा यस्तो घटना भएको हो । 
दिल्ली पुलीसका अनुसार किशोरले आफ्नी प्रेमिकाको जन्मदिनमा आइफोन १५ उपहार दिन तथा पार्टीको बन्दोबस्त गर्न आमाको सुन चोरेका हुन । किशोरकी आमाले घरबाट सुन हराएपछि स्थानीय प्रहरीमा उजुरी गरेकी थिइन् ।

उनले आफ्नो सुनको औठी, सिक्री तथा कानकाे बाली हराएपछि नजिकैको थानामा निवेदन दिएकी हुन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त सुन स्थानीय दुईवटा सुनचाँदी पसलमा भेटिएको जनाएको थियाे ।  २ अगस्तको बिहान ८ बजेदेखि तीन बजेको बीचमा सुन हराएको ती महिलाले प्रहरीलाई बताएकी थिइन् । इिटीभी भारतकाअनुसार ३ अगस्टमा महिलाले उजुरी दिएपछि अनुसन्धान अगाडि बढेको थियो ।

विभिन्न स्थानमा भएका सीसीटिभी फुटेजहरू हेर्दा पनि घरमा कोही आवतजावत गरेको देखिएको थिएन । त्यस छि घरकै कुनै व्यक्तिले चोरेको हुन सक्ने आशङ्का प्रहरीले गर्‍यो । त्यही क्रममा किशोरले सुन चोरेर बिक्री गरेको पत्ता लागेको हो । सो घटनापछि किशोर घरबाट गायब  भएका थिए । 

प्रहरीले किशोरसँगै पढ्ने कक्षाका साथीहरूलाई उनको बारेमा सोधखोज गरेपछि मात्रै  किशोरले प्रेमिकालाई ५० हजार भारु बराबरको नयाँ आइफोन खरिद गर्न सुन चोरेर बेचेको कुरा खुलेको हो । प्रहरीले किशोरलाई फेला पार्नका लागि जति ठाउँमा छापा हान्यो, सबै ठाउँबाट प्रहरी पुग्नु अगावै उनी फरार हुने गरेका थिए । अभियुक्तसंगै पढ्ने साथीहरूसंगकाे केरकारमा  प्रहरीले किशोर साझ घरमा आउन लागेको जाकारी पाएसँगै जाल बिछ्याएर किशोरलाई गिरफ्तार गर्न सफल भएको हो ।

गिरफ्तारी संगै सुरुमा ईन्कारी बयान दिएका किशोरले प्रहरीको दवाव बढेसंगै चोरी स्वीकार गरेका हुन।प्रहरीले किशोरले खरिद गरेर उपहार स्वरूप दिएकाे सो फोन उनकी प्रेमिकाको साथबाट बरामद पनि गरेको छ । प्रहरीका अनुसार किशोरका बुबा केही वर्षअघि बितेका थिए । किशोर निजी विद्यालयमा पढ्दै आएका थिए भने कक्षामा औसत विद्यार्थी थिए ।

किशोरले आफ्ना कक्षाका साथीहरूलाई आफू प्रेम सम्बन्धमा रहेको कुरा बताएकाले यस घटनाको रहस्य खुलेको हो । किशोरले पहिले आमालाई प्रेमिकाको जन्मदिनमा राम्रो प्रभाव पार्नका लागि पैसा चाहिने माग राखेका थिए । तर, आमाले दिन नसक्ने बताएपछि उनले चोरी गर्ने योजना बनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।