ताजा अपडेट »
गुरुदेव कामतको १२औं पुन्य तिथि

मैथिल समाजद्वारा शास्त्रीय संगीतका हस्ती गुरुदेव कामतकाे स्मरणमा बुटवलमा श्रद्धाञ्जली सभा

सोमबार, २८ साउन २०८१, २३ : १०
148 Shares
सोमबार, २८ साउन २०८१
148 Shares

बुटवल । हालै निधन भएका शास्त्रीय सङ्गीतका गायक तथा सङ्गीतकार गुरुदेव कामतलाई साेमबार बुटवलमा स्मरण गरिएकाे छ । रुपन्देहीमा बिभिन्न पेशा व्यवसाय अंगाली स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेका मैथिल भाषीहरुको  साझा संस्था 'मैथिल समाज नेपाल रुपन्देही'ले कामतको निधन भएको १२औं दिनमा आयोजना गरीएकाे श्रद्धाञ्जली सभामा उनलाई स्मरण गरेकाे हाे । कार्यक्रममा गीतसङ्गीतसँगै गायक कामतले नेपाली शास्त्रीय गीतसङ्गीतमा पुर्‍याएको योगदानको चर्चा गरिएकाे थियाे।

कार्यक्रममा मैथिल समाज नेपाल रुपन्देहीका सल्लाहकार प्रभात कुमार ठाकुरले गुरुदेव कामतको जीवनी बारे प्रकाश पारेका थिए । बुनपा–३का वडा सदस्य तथा मैथिल समाज नेपाल रुपन्देहीका सल्लाहकार हरिनारायण मिश्रले उहाँको जीवनबाट पाठ सिकेर सही बाटोमा हिड्न सकियो भने पनि उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने बताए।

5a081796-9efc-4096-9a53-c32c7948303b
सभामा बोल्दै मैथिल समाज नेपाल रुपन्देहीका अध्यक्ष उदय कुमार सिंहले नेपाल सरकार, मधेश सकार तथा मधेश प्रज्ञा प्रतिष्ठानले पनि उहाँको अन्तिम घडीमा साथ नदिएको बताए । उनले मधेश प्रज्ञा प्रतिष्ठानले कामत लाई बेवास्ता गरेकाे, उहाँको आवश्यकतामा साथ नदिएको र उहाँले पाउनुपर्ने पारिश्रमिक समेत नदिएको भन्दै भ्रत्सना गरे।

उनले एउटा श्रष्टा पैसा अभावकै कारण आवश्यक उपचार बिना मृत्यु वरण गर्न पर्नु दुर्भाग्यपूर्ण रहेको पनि बताए। उनले गुरुदेव कामत जस्तो श्रष्टालाई अन्तिम घडीमा पनि मधेश प्रदेश सरकार तथा संघिय सरकारले समेत केही सहयोग नगरेकोमा खेद समेत प्रकट गरेका थिए।

04fe515e-6fab-4a30-b1a0-f8d81e83a559

कायर्क्रममा अ्मरेन्द्र कुमार सिह्ण, विजय झा तथा  रिभा मन्डल लगाएतले पनि आ–आफ्नो  मनतब्य राखेका थिए । सभाका अध्यक्ष सिंहले आफ्नो व्यस्त समयका बाबजुद समय मिलाएर भएपनि गुरुदेव कामत जस्तो श्रष्टालाई सम्मान गर्दै यस श्रद्धाञ्जली सभामा उपस्थित हुनु भएकोमा सबै महानुभावहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

केही दिनयता मिर्गाैलाको समस्याबाट पीडित गुरुदेव कामत आफ्नो जन्म दिनकै दिन ६९ वर्षको उमेरमा यो संसारबाट बिदा भएका हुन्। २०१२ साउन १७ गते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा जन्मिएका उनकाे यहि श्रवण १७ गतेकै आफ्नै जन्मथलो लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डामानै निधन भएको हाे। 

5d2471e6-8fed-415e-83e8-d94dde811c2e2
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने श्रद्धेय कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए । २०५० सालमा पहिलोपटक गीत ल्याएका  स्व. कामतले नेपाली, मैथिली, भोजपुरी र हिन्दी गरी तीन सयभन्दा बढी गीतमा स्वर दिएका छन् भने  दर्जनबढी गीतमा उनले संगीत भरेका छन्।

कार्यक्रम मैथिल समाज नेपाल रूपन्देहीकी कार्यसमिति सदस्य अनिता झाकाे स्वागत मन्तब्य सहित सुरूभएकाे थियाे भने अध्यक्षता समाजका अध्यक्ष उदय कुमार सिंहले गरेका थिए ।  कायर्क्रममा ३४ जनाकाे उपस्थिती रहेकाे थियाे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।